जेठ ०६, २०८१, आइतबार
               

प्रचण्डलाई जुत्ता प्रहार गर्ने युवाबारे नेकपा जुम्ला बोल्यो

नेपाल फ्ल्यास
फागुन १८, २०७६

ADVERTISEMENT

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि जुत्ता प्रहार गर्ने रतन तिरुवा आफ्नो पार्टीको कार्यकर्ता नभएको नेकपा जुम्लाले पुष्टि गरेको छ । 

नेकपा जुम्लाले आइतबार एक विज्ञिप्ति जारी गर्दै तिरुवासँग नेकपाको कुनै पारिवारिक साइनो नभएको प्रस्ट पारेको हो । 

नेकपा जुम्ला जिल्ला कमिटीका अध्यक्ष वीरबहादुर कुँवरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उक्त अराजनैतिक, उदण्ड, आतंककारी कार्यमा संलग्न जुम्ला जिल्ला, सिंजा गाउँपालिका निवासी मुन तिरुवाको छोरा, कथित रतन तिरुवा भन्ने व्यक्ति कुनै शहिद परिवार र हाम्रो पार्टीको पनि समर्थकसम्म नभएको, उक्त व्यक्ति विप्लव समूहको गतिविधिमा रहेको जानकारी गराउन चाहान्छु ।’ 

विज्ञप्तिमा तिरुवा जुम्लामा पनि पटक–पटक अराजनीतिक कार्यमा संलग्न रहेको र नेपाल प्रहरीले पनि खोजी गरिरहेको व्यक्ति समेत रहेको जनाइएको छ ।  

यो पनि