मंसिर ०७, २०८१, शुक्रबार
               

'माओवादी शहीद'का छोरालाई चित्त बुझेन प्रचण्डको वर्ग सङ्घर्षको मुद्दा !

नेपाल फ्ल्यास
फागुन १८, २०७६

ADVERTISEMENT

नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गरी जुत्ता हान्ने रतन तिरुवा जुम्लाका हुन् भन्ने खुलेको छ ।
२४ वर्षीय रतन जुम्लाको सिँजाका हुन् । उनी हाल डल्लुमा बस्छन् ।

यतिमात्र होइन उनी माओवादीले नै भन्ने गरेको शहीद परिवार पनि हुन् । अर्थात् उनका बुबा माओवादीले गरेको सशस्त्र युद्धमा मारिएका थिए । उनका बाबु माओवादी कार्यकर्ता भएका कारण मारिएका थिए ।

रतनको बुबा वर्ग सङ्घर्षको मुद्दा लिएर जनयुद्धमा होमिएका थिए । तर रतनलाई अहिले प्रचण्डको मुखबाट वर्ग सङ्घर्षको मुद्दा मन परेन ।

रतनले प्रहरीलाई दिएको बयानमा प्रचण्डले वर्ग सङ्घर्षको कुरा गरेको र उहाँको त्यही भाषण मन नपरेर जुत्ता हानेको बताएका छन् । 

काठमाडौँको राष्ट्रियसभा गृहमा भएको भरतमोहन अधिकारी स्मृति फाउन्डेसनको कार्यक्रममा रतनले प्रचण्डलाई लक्षित गरी जुत्ता प्रहार गरिएको थियो। तर प्रचण्डलाई जुत्ता भने लागेको थिएन ।


कस्तो लाग्यो ?

यो पनि