जेठ ०६, २०८१, आइतबार
               

संसद्मा सार्वजनिक महत्वको प्रस्ताव दर्ता

नेपाल फ्ल्यास
फागुन १८, २०७६

ADVERTISEMENT

काठमाडौं । सांसद बिन्दा पाण्डेले प्रतिनिधिसभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएकी छन् । 
उनले बोक्साबोक्सी, दाइजोलगायतका कुरिती र एसिड प्रहारजस्ता आपराधिक कार्य, देशमा विद्यमान अवस्थामा असंवेदनशील र अमर्यादित प्रथा अन्त्यका लागि कानुनी कारबाही गर्न तथा त्यसविरुद्ध विशेष अभियान सञ्चालन गर्न आवश्यक भएको भन्दै यस्तो प्रस्ताव दर्ता गराएकी हुन् ।  
प्रस्तावमा उनले दाइजो र एसिड प्रहारविरुद्ध अभियान सञ्चालन गर्न माग गरेकी छिन् । प्रस्ताव दर्ता गर्दै सांसद पाण्डेले कानुनले दाइजोलाई अपराधीकरण गरे पनि दाइजोको नाममा गत वर्ष मात्रै १३ जनाले महिलाले ज्यान गुमाउनु उल्लेख गरेकी छन् । 

उनको प्रस्तावमा सांसद नवराज सिलवाल, सरिताकुमारी गिरी, सांसद कृष्णभक्त पोखरेल, सांसद डिला संग्रौला पन्त र सांसद सत्या पहाडीले प्रस्तावमाथि आफ्नो धारणा राखेका थिए ।


कस्तो लाग्यो ?

यो पनि