बैशाख २७, २०८१, बिहीबार
               

विषयवस्तुमा प्रवेशविनै नेकपा सचिवालय बैठक टुंगियो

नेपाल फ्ल्यास
फागुन १८, २०७६

ADVERTISEMENT

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) भित्र देखिएका विवादित टुंग्याउने भन्दै बसेको सचिवालय बैठकमा मुख्य विषय प्रवेश नै नगराइ सकिएको छ ।  पार्टी अध्यक्ष समेत रहेका  प्रधानमन्त्री केपी शर्माको मिर्गौला प्रत्यारोपण हुने भएपछि सचिवालय बैठकमा अन्य कुनैपनि विषयमाथि छलफल नभई टुंगिएको हो ।

 पार्टीभित्र राष्ट्रियसभा सदस्य सिफारिस, संविधान संशोधन, अमेरिकी परियोजना एमसिसीलायत विषयमा तीव्र विवाद छ । यसअघिको सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गर्ने निर्णय भएको थियो, तर प्रधानमन्त्री ओली त्यसविरुद्ध उभिँदा विवाद सिर्जना भएको छ । 

हाल उनी अर्थमन्त्री युवराज खतिवडालाई नै निरन्तरता दिनुपर्ने अडान छन्, भने अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाललगायत युवराज नभई वामदेवलाई ल्याउनुपर्ने पक्षमा उभिएका छन् । पार्टी महासचिव विष्णु पौडेल भने यो विषयमा मौन छन् । पौडेल नेकाका मध्यस्थकर्ताका रुपमा चिनिन्छन् ।

 आगामी बुधबार प्रधानमन्त्री ओलीको महाराजगंज स्थित त्रिभुवन शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण हुने भएको छ ।


कस्तो लाग्यो ?

यो पनि