जेठ ०४, २०८१, शुक्रबार
               

मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री भोलि अस्पताल भर्ना हुने

नेपाल फ्ल्यास
फागुन १८, २०७६

फाइल फोटो
ADVERTISEMENT

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका लागि सोमबार अस्पताल भर्ना हुने भएका छन् ।

उनी दोस्राे पटक मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्तपाल, महाराजगञ्जमा भर्ना हुन लागेका हुन् । यससँगै उनले दोस्राे पटक कहाँ मिर्गाैला प्रत्यारोपण गर्छन् भन्ने अनुमानको पनि टु‌गाे लागेको छ । 

नेकपा महासचिव विष्णु पौडेलले सामाजिक स‌जालमार्फत यसको पुष्टि गरेका छन् । उनले प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामनासमेत गरेका छन् ।

सत्तासीन नेकपाभित्र राष्ट्रियसभा सदस्यमा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपतिबाट मनोनयन गराउने पार्टी सचिवालयको निर्णय अस्वीकार गरेपछि विवादमा तानिएको अवस्थामा प्रधानमन्त्रीले सबैलाई आश्चर्यमा पार्दै अचानक पुन मिर्गौला प्रत्यारोपणमा गर्ने निर्णय गरेका छन् । गाैतमका विषयमा आइतबार बसेको नेकपा सचिवालयको बैठकले थप कुनै निर्णय भने गरेन ।

प्रधानमन्त्री ओलीले १३ वर्षअघि पहिलोपटक भारतमा मिर्गौला प्रत्यारोपण गरेका थिए । यसपटक भने त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा प्रत्यारोपण गराउने भएका हुन् । 

यो पनि