कात्तिक २९, २०८१, बिहीबार
               

बालुवाटारमा नेकपा सचिवालय बैठक

नेपाल फ्ल्यास
फागुन १८, २०७६

ADVERTISEMENT

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज (आइतबार) बस्ने भएको छ । 

प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बिहान ११ बजे बैठक बस्न लागेको हो ।

केही दिनदेखि नेकपाका शीर्ष नेताहरुवीच विवाद देखएिको छ । विवादभएपछि नेकपा सचिवालय बैठक बस्न सकेको थिएन । 

नेकपाभित्र वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने कि नलैजाने भन्ने विवाद गहिरिदै जाँदा प्रधानमन्त्री केपी ओलीलाई शीर्ष नेताहरुले सचिवालय वैठकको निर्णय कार्यान्वयन गर्न सुझाव दिएका छन् । 

आज बस्ने बैठकमा उक्त विषयमा पनि छलफल हुने छ । पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्रधी केपी शर्मा ओलीले गौतमलाई राष्ट्रिय सभामा नलैजाने बताएपछि नेकपाभित्र विवाद उत्पन्न भएको थियो । 

सो विवादपछि शुक्रबार विहान पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको घरमा ओली इतर समूहको बैठकमा युवराज खतिवडालाई मन्त्रीमा पुर्ननियुक्ति गर्ने र गौतमलाई राष्ट्रिय सभामा लैजानेगरी सहमती जुटाउने निर्णय भएको थियो ।


कस्तो लाग्यो ?

यो पनि