जेठ ०४, २०८१, शुक्रबार
               

कांग्रेसका १३ जना केन्द्रीय सदस्यलाई विभागीय जिम्मेवारी

नेपाल फ्ल्यास
फागुन १७, २०७६

ADVERTISEMENT

नेपाली कांग्रेसका १३ जना केन्द्रीय सदस्यहरूलाई विभिन्न विभागीय जिम्मेवारी दिइएको छ । 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १३ जनालाई फरक फरक विभागको प्रमुखमा मनोनयन गरेका हुन् । जस अनुसार गोपालमान श्रेष्ठलाई संगठन विभागको प्रमुख, संघिय मामिला तथा प्रदेश समन्वय विभागको प्रमुखमा रमेश रिजाल, फरमुल्लाह मन्सुरलाई मुस्लिम विभागको जिम्मेवारी दिइएको छ । 

श्रमिक तथा ट्रेड युनियनयकाे प्रमुखमा शिवप्रसाद हुमागाइँ, चिनकाजी श्रेष्ठलाई उद्योग व्यापार विभागकाे प्रमुखमा मनोनित गरिएकाे छ त्यस्तै तराई मधेस समन्वय विभागकाे प्रमुखमा अजयकुमार चाैरसिया,  यातायात व्यवशायी समन्वय विभागकाे प्रमुखमा महेन्द्र यादव,  शंकर भण्डारीलाई  तरुणकाे प्रमख तथा नेपाली जनसमपर्क समितिकाे प्रमुखमा गोविन्द भट्टराईलाई मनाेनित गरिएका छन् ।

त्यस्तै स्थानीय तह समन्वय विभागको जिम्मेवारीमा अर्जुनप्रसाद जोशी, बित्तीय तथा सहकारीको प्रमुखमा आनन्द प्रसाद ढुङ्गाना, सिता गुरुङलाई आदिवासी तथा जनजाति विभागकाे जिम्मेवारीमा मनाेनित गरिएकाे छ । यता सूचना, सञ्चार तथा प्रचार विभागको जिम्मेवारी प्रवक्ता समेत रहेको विश्वप्रकाश शर्मालाई दिइएको छ । 

त्यस्तै ५ जना नेताहरूलाई आमन्त्रित केन्द्रिय सदस्यको जिम्मेवारी दिइएको छ । आमन्त्रित सदस्यमा मनोनित हुनेमा दाङका कृष्णकिशोर घिमिरे, झापाका गोपालकुमार बस्नेत, झापा कै सुधिरकुमार शिवाकोटी, धनकुटाका मनोहरनारायण श्रेष्ठ र  तनहुँका ध्रुव वाग्ले रहेका छन् ।   


कस्तो लाग्यो ?

यो पनि