बैशाख १५, २०८१, शनिबार
               

पार्टीभित्र विवाद गराइएकाे हाे, देश मध्यावधि चुनावमा जाँदैन : गृहमन्त्री थापा

नेपाल फ्ल्यास
फागुन १७, २०७६

ADVERTISEMENT

गृहमन्त्री रामबहादुर थापाले देशमा मध्यावधि चुनाव हुने हल्ला गलत भएको बताएका छन् । केही दिनयता सञ्चारमाध्यम तथा भएका पछिल्ला घटनाक्रमका कारण सरकार ढल्ने, नयाँ सरकार गठन हुने र मुलक मध्यावधि निर्वाचनमा जाने समाचार बाहिरिएको भन्दै उनले देश मध्यावधि चुनावमा जाने विश्लेषण गरिनु गलत भएको बताएका हुन् । 

पोखरामामा गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आयोजना गरेको प्रदेशस्तरीय सुरक्षा भेलामा नेकपा सचिवालय सदस्य समेत रहेका  थापाले भने, ‘एमसिसी, सभामुख चयन र बाँस्कोटाको राजीनामालाई लिएर देश  मध्यावधिमा जाने गलत विश्लेषण भएको छ ।’ 

‘देश मध्यावधिमा जाँदैन,’ उनले भने, ‘यी कुनै कारणले समस्या आउँदैन ।’ उनले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने नेकपा सचिवालयको निर्णयलाई मन्त्रिपरिषद्ले कार्यान्वयनमा लैजाने स्पष्ट पारे ।

उनले भने, ‘पार्टीमा अहिले देखिएको विवाद भएको भन्दा पनि गराइएको हो ।’

यो पनि