जेठ ०७, २०८१, सोमबार
               

पार्टी फुट्ने हल्ला निराधार : भीम रावल

रासस
फागुन १७, २०७६

ADVERTISEMENT

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवम् सुदूरपश्चिम इन्चार्ज भीम रावलले पार्टी फुट्छ भन्‍ने हल्ला निराधार भएको बताएका छन्। उनले पार्टीमा राष्ट्रियसभा सदस्य चयन र एमसीसीबारे बहस हुनु स्वभाविक भएको बताए । 

बहसकै आधारमा पार्टी फुट्छ भन्नु निराधार भएको उनको भनाइ छ । धनगढीमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै कार्यकर्तालाई निराश हुनुभन्दा ठिक- बेठिक छुट्याएर अघि बढ्न रावलले सुझाव दिए ।

नेता रावलले एमसिसीमा जनताको चासो बढेकामा खुशी व्यक्त गरे । उन एमसिसीबारे तयार पारिएको प्रतिवेदनलाई अन्तिम रुप दिन पार्टीले कार्यदल गठन गरेका आधिकारीक धारणा केही दिनभित्रै आउने बताए । राष्ट्रियसभा सदस्यबारे पार्टीको बैठकले गरेको निर्णय सबैले मान्नुपर्ने उनले बताए । 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि