बैशाख २४, २०८१, सोमबार
               

बाँस्कोटाद्वारा मिश्रविरुद्ध गाली बेइज्जती मुद्दा

नेपाल फ्ल्यास
फागुन १६, २०७६

ADVERTISEMENT

काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा राजीनामा दिएका पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफूविरुद्ध झुटो आरोप लगाइएको भन्दै विजय मिश्रविरुद्ध अदालतमा मुद्दा दायर गरेका छन् ।  

पूर्वमन्त्री बाँस्कोटाले शुक्रबार  काठमाडौं जिल्ला अदालतमा  गाली बेइज्जतीसम्बन्धी मुद्दा दर्ता गराएका हुन् ।  । बाँस्कोटाले आफूविरुद्ध झुटो आरोप लगाइएको उल्लेख गर्दै गाली बेइज्जतीसम्बन्धी मुद्दा दर्ता गरेको अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले जानकारी दिएका छन् । 

पूर्वमन्त्री बाँस्कोटाले विजयप्रकाश मिश्रलाई विपक्षी बनाई दायर गरेको मुद्दामा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसनको विषयमा अडियो सार्वजनिक गरेर आफूलाई झुटो आरोप लगाएको उल्लेख छ । 

बाँस्कोटाले मुद्दा दर्ता गर्नेबित्तिकै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘मविरुद्ध लगाइएको झुट्टा लाञ्छना र गाली बेइज्जतीको विरुद्धमा मैले आज आफ्ना प्रतिनिधिमार्फत जिल्ला अदालत, काठमाडौँमा न्याय माग गर्दै मुद्दा दायर गरेको जानकारी सबैमा गराउँदछु ।’


कस्तो लाग्यो ?

यो पनि