जेठ ०८, २०८१, मंगलबार
               

पार्टीलाई विघटनको दिशामा जान दिँदैनौं : वरिष्ठ नेता नेपाल

नेपाल फ्ल्यास
फागुन १५, २०७६

ADVERTISEMENT

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पछिल्ला घटनाहरुका कारण पार्टी विभाजित हुने र आन्दोलन नै विसर्जनमा जाने प्रश्नहरु उठेको बताएका छन् । 

नेकपा बागमती प्रदेश कमिटीको राजनीतिक प्रशिक्षण तथा भेला कार्यक्रममा बोल्दै वरिष्ठ नेता नेपालले पार्टी विभाजन हुने विषयमा प्रश्न उठेकाले प्रस्ट हुनुपर्ने बताए । 

‘पत्रपत्रिकामा पढेर तपाईंहरुको दिमाग खराब भएको छ, कतै यो पार्टी भताभुङ्ग हुने त होइन, कतै यो पार्टी विभाजित बन्ने त होइन, पार्टी मात्रै होइन यो आन्दोलन नै कतै विसर्जनको दिसामा जाने त होइन ? यस्ता प्रश्नहरु पनि नउठने गरेका होइनन् । उठछन र त्यसको बारेमा हामी प्रस्ट हुनु पर्दछ,’ वरिष्ठ नेता नेपालले भने, ‘यो आन्दोलनलाई विसर्जनको दिशामा जान र पार्टीलाई विघटनको दिशामा जान दिँदैनौं ।’

७० वर्षको लामो यात्रा पार गरेर अहिलेको अवस्थामा आइपुगेकाले पार्टीभित्र उब्जिएका समस्या देखेर नआत्तिन कार्यकर्तालाई आग्रह गरे । 

उनले पार्टीभित्र समस्या पनि हुने र समाधान पनि हुने भएकाले विचलित हुनुपर्ने आवश्यकता नरहेको स्पष्ट पारे । 

उनले ऐतिहासिक कोसेढुङ्गाको रुपमा दुई पार्टीलाई एकताबद्ध गरेर नेपाली जनतालाई विश्वास दिलाउन सफल भएको दाबी गरेका छन् । एकिकरण भएको झण्डै दुई वर्ष भइसक्दा समेत एकताका केही कामहरु टुङ्ग्याउन नसकेको भए पनि त्यसैमा मात्रै चिन्तित हुनुपर्ने आवश्यकता नरहको तर्क गरेका छन् । 

एकिकरणको काममा विलम्ब भएकोले छिटोभन्दा छिटो सम्पन्न गरेमात्र कार्यकर्तामा एकताको अनुभुति हुने बताए । एकता संघर्ष र एकता निरन्तर चलिरहने प्रकृया भएको समेत उनले प्रस्ट पारे । देशमा कम्युनिस्ट पार्टीबाहेक अन्यलाई जनताले विश्वास नगरेको उल्लेख गर्दै नेकपाले आफ्नो योग्यता प्रदर्शन गर्न सक्नुपर्ने र एक्लो छौं, दुई तिहाई छौं भनेर दम्भको सिकार बन्न नहुने बताए । 

यो पनि