बैशाख २२, २०८१, शनिबार
               

पार्टीभित्र विवाद र समस्या आइरहन्छन्, कम्युनिस्ट पार्टी गडगडाउने खोलाजस्तै हो : प्रचण्ड

नेपाल फ्ल्यास
फागुन १५, २०७६

ADVERTISEMENT

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र विवाद र समस्या आइरहने बताएका छन् । 

नेकपा बागमती प्रदेश कमिटीको राजनीतिक प्रशिक्षण तथा भेला कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले विवादरहित भएको दिन पार्टी नै नरहने उल्लेख गर्दै विवाद हुनु सामान्य भएको बताएका हुन् । अध्यक्ष प्रचण्डले कम्युनिस्ट आन्दोलन साम्यवादमा नपुग्दासम्म विवाद, संघर्ष, भूमरी परिराख्ने र ठक्कर खाने भइराख्ने र त्यसलाई सबैले स्वीकार्नुपर्ने बताए । 

पार्टीमा विवाद र भूमरी चल्नु सामान्य प्रक्रिया भएको बताउँदै त्यसकै कारण पार्टी विभाजन र विघटन नहुने बताए । अहिलेको आवश्यकता अनुसार देशको नेतृत्व गर्ने पार्टीको रुपमा विकास गर्न पनि विवाद, संघर्ष, भूमरी र ठक्कर खाने भइराख्ने भएकाले त्यसलाई सबैले स्वीकार्दै एक ढिक्का भएर समस्या समाधान गर्नुपर्नेमा उनले जोड दिए । पार्टी जमेको पोखरी नभएको भन्दै भुमरी परिरहने र गडगडाउँदै अगाडि बढ्ने उनको भनाइ थियो ।

प्रचण्डको भनाइ जस्ताको त्यस्तै 

अब कम्युनिस्ट पार्टी भनेको कुनै जमेको पोखरी जस्तो होइन, मलाई लाग्छ कम्ब्रेडहरुले यो कुरा पनि बुझ्नु भएको होला कम्युनिष्ट पार्टीको परिभाषा गर्दा यो द्वन्द्वात्मक भौतिकवादी यसले संघर्समा विश्वास गर्ने बहसमा विश्वास गर्ने भएको हुनाले यो कम्युनिष्ट पार्टी एउटा गडगडाउने खोलाजस्तो । यो कैयौं ठक्कर खाँदै भत्काउँदै भेरी भुमरी पर्दै फेरि अगाडि बढ्दै महासागरतिर लम्कने साम्यवादतिर लम्कने पार्टी हो । हामी कतिपयलाई लाग्छ यो शान्त भइदिएहुन्थ्यो यो शिष्ट भइदिए हुन्थ्यो । नेता कार्यकर्ताको बीचमा अनावश्यक बहस र विवाद नभइदिएहुन्थ्यो । खुरुक्क मिलेर सबै एकमुख भएर हिँडिदिए हुन्थ्यो भन्ने लाग्न सक्छ । हुनत त्यस्तै होेस भन्ने हाम्रो चाहना हो । हामी त्यसैको निम्ति कोसिस गर्ने हो सबै एकताबद्ध हुन कोसिस गर्ने हो । तर जुन दिन यो साँच्चै शान्त साँच्चै एकजुट साँच्चै विवादरहित साँच्चै त्यस्तो भयो त्यो दिनदेखि त्यो पार्टी चाहिंदैन । वास्तवमा माक्र्सवादीहरुले माक्र्सदेखि सबै नेताहरुले भनेको कुरा के हो भने जुन दिन त्यस्तो स्थिति आउँछ विवादरहित बन्ने दिन आउँछ त्यो दिन साम्यवाद हो साम्यवादमा कम्युनिष्ट पार्टी रहँदैन, चाहिंदैन कुनै पनि पार्टी चाहिंदैन । 

दुश्मनका गोलीले लडाउन नसेको कम्युनिस्ट सत्तामा गएपछि कुशासन र भ्रष्टाचारका कारण आफै सकिने गरेकोले सचेत हुनुपर्ने बताए । उनले पार्टी मुलभुत रुपमा विचार राजनीति र कार्यक्रम भएको र अर्कोतर्फ विधि र पद्धति भएकाले विचार, विधि र नेतृत्वको संयोजनबाट पार्टी चल्ने तर्क गरे । 

यो पनि