जेठ ०४, २०८१, शुक्रबार
               

केही समयभित्र मिर्गौला पुनः प्रत्यारोपण गर्छु : प्रधानमन्त्री

नेपाल फ्ल्यास
फागुन १५, २०७६

ADVERTISEMENT

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले केही समयभित्रै मिर्गौलाको पुन प्रत्यारोपण गर्न लागेको जानकारी दिएका छन् ।

काठमाडौँमा बिहीबार नेकपाको बागमती प्रदेश स्तरीय प्रशिक्षणमा प्रधानमन्त्रीले त्यसबारे जानकारी दिएका हुन् ।

यसअघि बालुवाटारमा भेट्न जाने कतिपय उच्च नेताहरूसँग पनि ओलीले यसबारे छलफल गर्ने गरेका थिए । त्यस क्रममा उनले नेपालमा मिर्गौला पुन प्रत्यारोपण गर्ने कि अमेरिकामा गर्ने भनेर परामर्श पनि गर्ने गरेको एक नेताले बताए । पछिल्लो समय ओली अमेरिकामा गएर प्रत्यारोपण गराउने पक्षमा रहेको बालुवाटार स्रोतले जनाएको छ ।

प्रशिक्षणमा प्रधानमन्त्रीले मिर्गौला पुन प्रत्यारोपणले आफ्नो काम र राष्ट्रिय अभियानलाई असर नपार्ने दाबी गरेका थिए ।

उनले उपचारका क्रममा पाँच दिन अस्पताल बस्नु पर्ने र एक साताभित्रै काममा फर्कने दाबी गरे । उनले अहिले पनि दैनिक १८ घण्टासम्म काम गरिरहेको बताए ।

यो पनि