जेठ ०४, २०८१, शुक्रबार
               

नेपाल ट्रष्टको जग्गा लिज सम्बन्धमा मेरो संलग्नता छैन : देउवा

नेपाल फ्ल्यास
फागुन १४, २०७६

ADVERTISEMENT

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री हुँदा नेपाल ट्रष्टको जग्गा लिज सम्बन्धमा कुनै निर्णय नभएको बताएका छन् । 

नेपाल ट्रष्टका अध्यक्ष एवं उपप्रधान तथा रक्षामन्त्री ईश्वर पाखरेलले बुधबार श्वेतपत्र जारी गर्दै ताहाचाल सोल्टी आउटर कम्प्लेक्सको जग्गा थामुसेर्कु ट्रेकिङलाई लिजमा दिने प्रस्ताव स्वीकृत गर्दा तात्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा ट्रष्टको संरक्षक र गृहमन्त्री जनार्दन शर्मा अध्यक्ष रहेको उल्लेख गरेका थिए । 


पूर्वप्रधानमन्त्री देउवाले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्–,‘म प्रधानमन्त्री रहेको मन्त्रिपरिषद् वा मेरो संलग्नतामा अन्य कुनै पनि निकायबाट नेपाल ट्रष्टको जग्गा लिज सम्बन्धमा कुनै निर्णय भएको छैन् ।’ 

२०६४ मा नेपाल ट्रष्ट ऐन जारी हुँदा ट्रष्टलाई ‘एक अविच्छिन्न उत्तराधिकारवाला स्वशासित र संगठित संस्था’ का रुपमा ऐन नै परिभाषित गरेको उल्लेख गर्दै उनले बोर्डले गर्ने गरिएको, कर्मचारी तहबाट हुने निर्णयमा  आफ्नो नाम  गाँस्नु राजैनिनिक र कानूनी दृष्टिले गलत रहेको बताएका छन् । 

प्रकरणलाई सेक्युरिटी प्रिन्टिङ प्रेस खरीद प्रकरणमा सार्वजनिक भएको ‘७० करोड’ को अडियो, नेपाल ट्रष्ट अन्तर्गतकै गोकर्ण फरेष्ट रिसोर्टको लिज प्रकरणमा गरिएको गम्भीर अनिमितता र अन्य प्रकरणबाट ध्यान मोड्ने प्रयत्न गरिएको उनले बताए । 

श्वेतपत्रमा पूर्व राजपरिवारको नामबाट नेपाल ट्रष्टको नाममा आएको सम्पत्ति देशभर २१ हजार ५ सय ६२ रोपनी ४ आनाभन्दा धेरै रहेको उल्लेख छ ।



कस्तो लाग्यो ?

यो पनि