जेठ ०४, २०८१, शुक्रबार
               

एमसिसी, संविधान संशोधन र बास्कोटा प्रकरणमा के गर्ला नेकपाले ?

नेपाल फ्ल्यास
फागुन १३, २०७६

ADVERTISEMENT

काठमाडौँ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) र गोकुल बास्कोटा भ्रष्टाचार प्रकरणमा फसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको केन्द्रीय सचिवालय बैठक बुधवार बस्दै छ । 

संविधान संशोधनको पछिल्लो एजेन्डा बल्झिएका बेला बुधबार बिहान बस्ने बैठकमा एमसीसी र बास्कोटा प्रकरण पनि प्रमुख मुद्दा रहेको बताइएको छ । 

पछिल्लो समय एमसिसी र बास्कोटाको विषयलाई लिएर प्रतिपक्षी, जनस्तर र पार्टीभित्रबाटै दबाब आउन थालेपछि नेकपाले बैठकबाट उक्त विषय सम्बोधन गर्ने एक जना सचिवालय सदस्यले बताए । 

उनका अनुसार बैठक बिहान सवा ११ बजे बस्ने भनिएको छ । बैठकमा एमसीसी र पछिल्लो समय नेकपाले बनाएको कार्यदलले दिएको सुझावका विषयमा अध्यक्षद्वयले आफ्नो धारणा राख्ने कार्यतालीका छ । 

यसअघि शनिबारको बैठकमा यी विषयमा छलफल भए पनि नेतृत्व टुङ्गोमा पुग्न सकेको थिएन ।

त्यसको अघिल्लो दिन ९ गते एमसीसी अध्ययन कार्यदलले करिब २० दिन लगाएर गरेको अध्ययनको निष्कर्षसहित प्रतिवेदन तयार पारेर बुझाएको थियो । एमसिसी परिमार्जनसहित पारित गर्नु पर्ने सुझाव नेता झलनाथ खनालकाे कार्यदलले दिएको थियो ।

 

यो पनि