जेठ ०५, २०८१, शनिबार
               

प्रजातन्त्रका लागि फेरि एकपटक लड्ने बेला आएको छ : सभापति देउवा

नेपाल फ्ल्यास
फागुन १३, २०७६

ADVERTISEMENT

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रका लागि अन्तिम लडाईं लडनुपर्ने अवस्था आउन सक्ने बताएका छन् । 

कांग्रेस नेता महेन्द्रनारायण निधिको ९८ औं जन्म जयन्तीका आवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले सरकारले शान्तिपूर्ण आन्दोलन पनि गर्न नदिएकाले फेरि एकपटक कांग्रेसले प्रजातन्त्रका लागि लडनुपर्ने अवस्था आउन सक्ने बताएका हुन् । 

उनले प्रजातन्त्रका लागि कुनै पनि समयमा अन्तिम लडाई लडनुपर्ने अवस्था आउन सक्ने भन्दै नेताहरुलाई एकजुट हुन आग्रह गरे । कुनै पनि किसिमको हिंसाबाट मुक्त समाज स्थापित गराउन र प्रजातन्त्रको खिलापमा कांग्रेसले कसैसँग सम्झौता नगर्ने समेत उनले बताए । 

सभापति देउवाले कांग्रेसभित्र केही विवाद देखिए पनि त्यसको समाधान पार्टीभित्रैबाट खोजिएको समेत बताए । तर राष्ट्रको हितका लागि कांग्रेस सधैं एकजुट भएर लडाई लडेको भन्दै अब पनि अन्तिम लडाईं लड्न तयार रहेको बताए । 

यो पनि