बैशाख २८, २०८१, शुक्रबार
               

पूर्वमन्त्री बाँस्कोटाविरुद्ध अख्तियारमा उजुरी

नेपाल फ्ल्यास
फागुन ११, २०७६

ADVERTISEMENT

काठमाडौं । निवर्तमान सूचना, सञ्चार तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । 

आइतबार बाँस्कोटालाई भ्रष्टाचार कसुरमा अनुसन्धान गरी कारबाही गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको हो ।  अख्तियार स्रोतका अुसार  दोलखाका विजयबाबु शिवाकोटी र सुनसरीका प्रितम सुवेदीले उजुरी दर्ता गराएका हुन् ।

बाँस्कोटाले सुरक्षण छपाइ मेसिनको खरिद प्रक्रिया सुरु गर्न स्वीस कम्पनीका स्थानीय प्रतिनिधिसँग ७० करोड करोडौँ कमिसन मागेको अडियो बुधबार राति सार्वजनिक भएको थियो।
 
उक्त अडियो सार्वजनिक भएपछि २४ घण्टा वित्न नपाउँदै बाँस्कोटाले मन्त्री पदबाट राजीनामा दिएका थिए।


कस्तो लाग्यो ?

यो पनि