बैशाख २७, २०८१, बिहीबार
               

बामदेवलाई राष्ट्रियसभामा लैजाने प्रधानमन्त्रीको प्रस्ताव

नेपाल फ्ल्यास
फागुन १०, २०७६

फाइल फोटो
ADVERTISEMENT

काठमाडौँ । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा लैजान प्रस्ताव गरेका छन् ।

नेकपा सचिवालयको शनिवार बसेको बैठकमा प्रधानमन्त्री ओलीले यस्तो प्रस्ताव गरेको सचिवालयका एक सदस्यले नेपाल फ्ल्यासलाई जानकारी दिएका हुन् । प्रधानमन्त्री ओलीले प्रस्ताव गरे पनि त्यसबारे निर्णय भने भएको छैन ।

प्रधानमन्त्रीले फागुन २० गतेदेखि रिक्त हुने राष्ट्रपतिबाट मनोनीत कोटामा बामदेवलाई ल्याउने प्रस्ताव गरेका हुन् । राष्ट्रियसभा सदस्यमा अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकाल सकिँदै छ । सोही स्थानमा बामदेवलाई ल्याउने ओलीले प्रस्ताव गरेका हुन् ।

नेकपाभित्रको शक्ति समीकरणमा प्रधानमन्त्री ओली एक्लिँदै गएको बेला यस्तो प्रस्ताव ल्याइएको हो ।

उपाध्यक्ष गौतमले यसअघि राष्ट्रियसभा सदस्यको निर्वाचनमा उम्मेदवार बन्न अस्वीकार गरेका थिए । संविधान संशोधन गरेर राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न सक्ने प्रावधान राख्ने भए मात्र उम्मेदवार बन्ने प्रस्ताव उनले राखेका थिए । तर सो प्रस्तावमा प्रधानमन्त्री सकारात्मक भएका थिएनन् ।

यो पनि