जेठ ०४, २०८१, शुक्रबार
               

एमसिसी संशोधनकाे विषयमा अर्को सचिवालय बैठकले टुंगो लगाउने

नेपाल फ्ल्यास
फागुन १०, २०७६

ADVERTISEMENT

आज बसेकाे नेपाल कम्युनिष्ट पार्टीकाे सचिवालय बैठकले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) काे विषयमा  निर्णय  गर्न नसकेपछि अर्को सचिवालय बैठकबाट अगाडि बढ्ने निर्णय गरेको छ।

नेकपा प्रचार विभाग उपप्रमुख सूर्य थापाले एमसिसी पारित गर्ने/नगर्ने विषयमा अर्को सचिवालय बैठकले टुंगो लगाउने बताएका छन् । शनिबारको सचिवालय बैठकमा प्रतिवेदनलाई भाषिक रूपमा अन्तिम सम्पादन गरेर कार्यान्वयनका सम्बन्धमा अगाडि बढ्ने विषयमा पनि छलफल भएको उनले बताए। संशोधन गर्नुपर्ने विषयमा आवश्यक परे अमेरिकी सरकारसँग कुराकानी गर्न कार्यदलले सुझाव दिएको छ।

त्यस्तै, बैठकमा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा लेनदेनको अडियो सार्वजनिक भएपछि पदबाट राजीनामा दिएका गोकुल बाँस्कोटाका विषयमा अख्तियारलगायतका थप निकायले छानबिन गरिरहेको विषयमा पनि जानकारी गराइएको थापाले बताए।

 


कस्तो लाग्यो ?

यो पनि