जेठ ०५, २०८१, शनिबार
               

अख्तियारले प्रधानमन्त्रीमाथि पनि छानबिन गर्नुपर्छ : नेता महर

नेपाल फ्ल्यास
फागुन १०, २०७६

ADVERTISEMENT

नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले प्रधानमन्त्री केपी ओलीको विकल्प खोज्ने अवस्था आएको बताएका छन् । उनले प्रधानमन्त्रीलाई भ्रष्टाचारको मतियार आरोप लगाएका छन् । 

नेविसंघका पूर्वअध्यक्ष समेत रहेका महरले भने, ‘देशमा भएको खर्बौंको भ्रष्टाचारमा सरकारको संलग्नता भएकाले एक जना मन्त्रीको राजीनामाले समस्या समाधान हुँदैन । प्रधानमन्त्री केपी ओलीमाथि छानबिन गरेर कारवाही गरिनुपर्छ ।’

सर्लाही क्षेत्र नम्बर ४ को अयोजनामा भएको आमसभालाई सम्बोधन गर्दै मधेसीको नाममा बनेको प्रदेश २ सरकारले झनै शोषण गरेको र मन्त्रीहरुले जनताले तिरेको करको दुरुपयोग गर्न लागिपरेको आरोप लगाए ।  आमसभामा दर्जनौं कार्यकर्ता पार्टी परित्याग गरी कांग्रेस प्रवेश गरेका थिए । 

यो पनि