जेठ ०३, २०८१, बिहीबार
               

देशमा नीतिगत भ्रष्टाचार मौलाएको छ : अध्यक्ष थापा

रासस
फागुन १०, २०७६

ADVERTISEMENT

धनगढी । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशमा नीतिगत भ्रष्टाचार मौलाएको आरोप लगाएका छन् ।  शनिबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनल्  आमूल परिवर्तनको नारा भ्रष्टाचारमा मात्र सिमित भएको बताएका हुन् ।  

अध्यक्ष  थापाले भने, ‘लोकतन्त्रको आवरणमा अहिले देशमा भ्रष्टाचार व्याप्त छ, अहिलेको देशको ठूलो चुनौती नै भ्रष्टाचार हो ।’ देशमा संस्थागत र नीतिगत रुपमै भ्रष्टाचार भइरहेकाले यसलाई रोक्न जनता जाग्ने बेला आएको उनको भनाई छ । 

एमसिसीबारे पत्रकारको जिज्ञासामा उनले सबै राजनीतिक दलको सहमतिमा तयार पारिएको सम्झौता भएको भन्दै यसलाई पारित गरी कार्यान्वयनमा ल्याउनु सबैको जिम्मेवारी रहेको बताए ।  एमसिसी नेपालको हितमा रहेकाले यसमा विवाद गर्नुको औचित्य नरहेको उनको भनाइ छ ।

आफ्नो पार्टीको एजेन्डा हिन्दू राष्ट्र र राजसंस्थासहितको लोकतन्त्र रहेको उल्लेख गर्दै अध्यक्ष थापाले अब सङ्गठन विस्तारको अभियानमा अघि बढ्ने बताए । 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि