जेठ ०४, २०८१, शुक्रबार
               

एमसिसी परिमार्जनसहित अनुमोदन हुन्छ : अध्यक्ष दाहाल

नेपाल फ्ल्यास
फागुन १०, २०७६

ADVERTISEMENT

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सरकारको सहायता कोष मिलेनियम च्यालेञ्ज कोअपरेसन (एमसिसी) परिमार्जनसहित अनुमोदन हुने बताएका छन् ।  आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उनले  एमसिसी अध्ययन गरेर परिमार्जनसहित अनुमोदन गरिने बताएका हुन् । 

शुक्रबार एमसिसी अध्ययन गर्न बनेको नेकपाको कार्यदलले प्रतिवेदन पेस गरेको बताउँदै यस विषयमा विस्तृत अध्ययन गरी परिमार्जनसहित अनुमोदन हुने विश्वास दाहालले व्यक्त गरे । उनले भने , ‘एमसिसी कुनै बाइवल होइन यसलाई परिमार्जन गरेर अघि बढाइनेछ’, प्रधानमन्त्रीले यस विषयमा अमेरिकी सरकारसँग पनि कुरा गरिसक्नुभएको उनले जानकारी दिए ।  

अध्यक्ष दाहालले सरकारको कामका विषयमा आजदेखि शुुरु हुने सचिवालय बैठकले समीक्षा गर्ने बताए ।  वर्तमान सरकारले गरेका धेरै राम्रा कामहरुलाई पनि केही नराम्रा कामले छोपेको भन्दै उनले  यस विषयमा समीक्षा गरेर अघि बढ्ने बताए । फरक प्रसङ्गमा उनले  नेकपाभित्र आन्तरिक विवाद नरहेको पनि स्पष्ट पारे । 


कस्तो लाग्यो ?

यो पनि