मंसिर ०७, २०८१, शुक्रबार
               

'ओलीका असली चेलाको कमिसन काण्डले देश लज्जित'

नेपाल फ्ल्यास
फागुन ०९, २०७६

ADVERTISEMENT

केपी ओली नेतृत्वको सरकार देशको लागि अभिशाप भएको नेत्रविक्रम चन्द विप्लवले बताएका छन् । शुक्रबार एक विज्ञप्ति जारी विप्लवले ओली नेतृत्वको सरकार घुसखोरी काण्डलाई ढाकछोप गर्न लागेको बताएका हुन्।

‘सेक्युरिटी मेसिन खरिदसम्बन्धी काण्डमा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ७० करोड घूस मागेको विषयले देश तरंगित भएको छ’ विप्लवद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘देशको सुरक्षा संवेदनशीलतासँग जोडिएको मुद्दामा प्रधानमन्त्री ओलीका असली चेलाको यो काण्डले देश लज्जित छ।’

ओली सरकार राष्ट्रघात, जनघात र फाँसिवादमा चुर्लुम्म डुबेको विज्ञप्तिमा उल्लेख छ।


कस्तो लाग्यो ?

यो पनि