जेठ ०४, २०८१, शुक्रबार
               

एमसीसीबारे नेकपा कार्यदलको प्रतिवेदन तयार,  अध्यक्षद्वयलाई बुझाउने तयारी

नेपाल फ्ल्यास
फागुन ०९, २०७६

ADVERTISEMENT

काठमाडाै‌ । मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) बारे अध्ययन गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बनाएको कार्यदलले प्रतिवेदन बुझाउने तयारी गरेको छ । शुक्रबार बसेको कार्यदलको बैठकले सुझावसहित प्रतिवेदनलाई अन्तिम रुप दिएको हो । अमेरिकी सहयोग परियोजना एमसीसीबारेमा पार्टी भित्र धेरे विवाद उत्पन्न भएपछि कार्यदल गठन गरिएको हो ।

सोही कार्यदलले अनितम रुप दिएको प्रतिबेदन शुक्रबारनै अध्यक्षद्वयलाई बुझाउने निर्णय गरेको छ । सरकार र एमसीसीबीच भएको सम्झौता र इण्डो प्यासिफिकका सम्बन्धमा आवश्यक तथ्यहरुको विस्तृत अध्ययन गरिएको कार्यदल संयोजक रहेका वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए ।

प्रतिवेदन नबुझाई के के कुरा समेटिएको छ भनेर भन्न नमिल्ने कार्यदलले निर्णय गरको उनले बताए । कार्यदलमा वरिष्ठ नेता खनाल संयोजक छन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्थायी कमिटी सदस्य रावल सदस्य छन् ।


कस्तो लाग्यो ?

यो पनि