बैशाख २५, २०८१, मंगलबार
               

सञ्चार मन्त्रालयको जिम्मा अर्थमन्त्रीलाई

नेपाल फ्ल्यास
फागुन ०८, २०७६

ADVERTISEMENT

कमिसन काण्डमा मुछिएर सञ्चार तथा सूचना मन्त्री पदबाट गोकुल बाँस्कोटाले राजीनामा दिएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्रीको जिम्मेवारी अर्थमन्त्रीसमेत रहेका युवराज खतिवडालाई दिइएको छ । 

साथै बाँस्कोटाले नै सम्हाल्दै आएको सहरी विकास मन्त्रालयको जिम्मा भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङलाई दिइएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खतिवडालाई सञ्चारमन्त्रीको जिम्मेवारी तोकेकी हुन् । 

सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा कमिसन मागेको अडियो सार्वजनिक भएपछि बाँस्कोटाले राजीनामा दिएका थिए । 


कस्तो लाग्यो ?

यो पनि