जेठ ०४, २०८१, शुक्रबार
               

सरकारलाई सेक्युरिटी प्रेस खरिद प्रक्रिया अगाडि नबढाउन लेखा समितिको निर्देशन

नेपाल फ्ल्यास
फागुन ०८, २०७६

ADVERTISEMENT

काठमाडौं  ।  संसद्को सार्वजनिक लेखा समितिले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रिया अघि नबढाउन सरकारलाई निर्देशन दिएको छ । बिहीबार बसेको समितिको बैठकले समितिको अर्को बैठकले निर्णय नगरेसम्म सेक्युरिटी प्रेस खरिद प्रक्रिया अगाडि नबढाउन निर्देशन दिएको हो । 

समितिका सचिव रोजनाथ पाण्डेका अनुसार सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा भएका कमीकजोरीलाई अझै गम्भीरताका साथ छलफल गर्नुपर्ने भएकाले अहिलेलाई यो प्रक्रिया स्थगित गर्न सरकारलाई निर्देशन दिइएको हो । त्यस्तै सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियाका बारेमा सार्वजनिक भएको अडियोका बारेमा पछि छानबिन गरिने समेत  समितिले जनाएको छ ।

लेखा समितिले यस घटनाका बारेमा छलफल गर्न सञ्‍चार मन्त्री बाँस्कोटालाई बोलाए पनि उनी उपस्थित भएका थिएनन् ।  उनी विभिन्न कार्यक्रमका लागि कञ्‍चनपुर रहेको बुझिएको छ। 
 


कस्तो लाग्यो ?

यो पनि