जेठ ०४, २०८१, शुक्रबार
               

सेक्युरिटी प्रेसबारे जवाफ दिन मन्त्री बाँस्कोटा हच्किए
लगातार लेखा समिति बैठक छल्दै

नेपाल फ्ल्यास
फागुन ०८, २०७६

ADVERTISEMENT

‘सेक्युरिटी प्रेस खरिद प्रक्रियामा दुवै सरकारबीच एमओयू भएको छ कि छैन ?’ लेखा समितिले सुरक्षा मुद्रण केन्द्रका प्रतिनिधि र सञ्चारमन्त्रीज्यूसँग धेरै जिज्ञासा राख्ने  तयारी छ, तर उहाँ उपस्थित हुनुभएको छैन ’– भरत कुमार साह, सभापति, लेखा समिति

काठमाडाै‌ । सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सुरक्षण मुद्रण केन्द्रसँग सम्बन्धित सेक्युरिटी प्रेसका बारेमा छलफल हुने संसद्को सार्वजनिक लेखा समितिको बैठकलाई फेरि छलेका छन् । पटक–पटक विनाजानकारी समिति बैठक छल्दै आएका सञ्चारमन्त्री बाँस्कोटा बिहीबार पनि गएनन् । सेक्युरिटी प्रेस खरिदमा चलखेलकाे चर्चा भइरहेका बेला बुधबार एजेन्ट र आफूबीचको  कमिसनको चलखेल बाहिरिएको थियो । स्थानीय ऐजेन्ट विजयप्रकाश मिश्र शर्मासँगको अडियो कुराकानी बाहिरिएपछि घटनामा थप तरंग पैदा भएको छ । त्यसको प्रतिरक्षामा लागेका बाँस्काेटा विहीबार पनि लेखा समिति बैठकमा नगएका हुन् ।

केही सातायता लेखा समितिले सेक्युरिटी प्रेस खरिदमा जी टु जी अर्थात ‘गभर्मेन्ट टु गभर्मेन्ट’ प्रस्तावमा प्रतिस्पर्धा नभएको भन्ने विषयमा छलफल गरिरहेको छ । खुल्ला बोलपत्र आह््वान नगरी सीधै ३ वटा देशसँग मात्र पत्राचार गरी कार्य अघि बढाउनुको रहस्यमय कारणको यसअघि सांसदहरुले प्रश्न उठाएका थिए ।

यसमा सरकारको तर्फबाट प्रस्ताव सिधै नआई दूतावासबाट सिफारिस मात्र भएको छ । कम्पनीले सिधै प्रस्ताव पेस गरेको कारण लगायतका विषयमा जवाफ दिन लेखा समितिले सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई आग्रह गरेको थियो । यस्तै प्रश्नको उत्तर माग्ने बैठकमा मन्त्री बाँस्कोटा पटक-पटक अनुपश्थित हुँदै आएका लेखा समितिका सभापति भरत कुमार साह बताँउछन् । ‘सेक्युरिटी प्रेस खरिद प्रक्रियामा दुवै सरकारबीच एमओयू भएको छ कि छैन ?’ लेखा समितिले सुरक्षा मुद्रण केन्द्रका प्रतिनिधि र सञ्चारमन्त्रीज्यूसँग धेरै जिज्ञासा राख्ने  तयारी छ, तर उहाँ उपस्थित हुनुभएको छैन ।’

सेक्युरिटी प्रेसका बारेमा लागत अनुमान यथार्थ नभएको लगायतका विषयले अनियमितता भएको अनुमान गरिएको छ । पोल्यान्डको सरकारी कम्पनी पिडब्लूपिडब्लू एसएले प्रधानमन्त्रीलाई लेखेको पत्रको बेवास्ता गरिएको, स्वीस कम्पनी केबीए नोटासिसको प्रस्ताव बेवास्ता गरिएको छ  । विभिन्न कम्पनीको प्रस्तावित मूल्यमा ठूलो भिन्नता रहेकोले यस विषयलाई समितिले छलफलको विषय बनाएको हो ।

संसदलाई टेर्दैनन् संञ्चारमन्त्री बाँस्कोटा

 समितिले बैठकमा बोलाउँदा उपस्थित हुन नसक्‍ने भए पहिले नै जानकारी गराउनुपर्ने व्यवस्था भए पनि उनले कहिल्यै पालना गरेका छैनन् । मन्त्री बाँस्कोटा पूर्वजानकारीबिना नै बैठकमा अनुपस्थित हुँदै आएका छन् । विहीबारको बैठकमा मन्त्री बाँस्कोटा नआएपछि सामान्य रुपमा समिति सदस्यहरुविच मात्रै छलफल भएको छ ।

 

यो पनि