बैशाख १७, २०८१, सोमबार
               

प्रजातन्त्र टाठाबाठाको मात्र होइन : पूर्वराजा ज्ञानेन्द्र

नेपाल फ्ल्यास
फागुन ०६, २०७६

ADVERTISEMENT

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र टाठाबाठाको मात्र भएको भन्दै त्यसप्रति आपत्ति जनाएका छन् ।

७०औँ प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै पूर्वराजाले प्रजातन्त्रको प्रतिफल सबैले पाउनुपर्ने उल्लेख गरेका हुन् ।

उनको सन्देशमा भनिएको छ- 'प्रजातन्त्र शब्दमा होइन कर्ममा उत्रनु पर्दछ, रूपमा होइन सारमा झल्कनु पर्दछ । प्रजातन्त्र कुनै अलङ्कार, नामान्तर वा रुपान्तरणमात्र होइन ।'

पूर्वराजाले प्रजातन्त्र जीवन पद्धति र व्यवहारमा देखिनुपर्ने भन्दै विद्यमान राजनीतिक बेथितिप्रति असहमति जनाएका छन् ।

उनले राष्ट्रको प्रतिष्ठा प्रवर्द्धन र आम जनचाहनाको परिपूर्ति नै प्रजातन्त्रको प्राण भएको जनाएका छन् ।

देशभित्रै तथा विदेश भ्रमणमा गएका बखत आफूहरूले जनताको स्वर सुन्ने बुझ्ने गरेको पूर्वराजाले उल्लेख गरेका छन् । उनले भनेका छन्- 'नेपालको प्रजातन्त्र जनजीवनको उत्थानमा, उमङ्गमा र उत्साहमा सार्थक हुन सकिरहेको छैन । केही टाठाबाठाका निमित्तमात्र होइन- प्रजातन्त्र सबै जनता तथा सिङ्गो देशका निम्ति प्रतिफलकारी हुनु पर्दछ ।'

पूर्वराजाले ती विषयमा सबै जिम्मवारहरु सचेष्ट होउन् भनी सरकार र राजनीतिक दलहरूलाई झकझकाएका छन् । उनले इतिहास नभुल्न, बर्तमानलाई नबिर्सन र भविष्यको कोरा सपनामात्र बाँडेर समय खेर नफाली सर्वहितकारी 'प्रजातान्त्रिक धर्म' निर्वाह गर्न आग्रह पनि गरेका छन् ।

यो पनि