मंसिर ०७, २०८१, शुक्रबार
               

राष्ट्रियसभाद्वारा शोकप्रस्ताव पारित

रासस
फागुन ०६, २०७६

ADVERTISEMENT

ललितपुर । राष्ट्रियसभाले पूर्वसांसद भागवत ज्ञवालीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।  आजको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्तुत गरेका उक्त शोक प्रस्तावलाई सर्वसम्मतिले पारित गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामनासहित एक मिनेट मौनधारणसमेत गरिएको छ । 

पूर्वसांसद ज्ञवाली विसं २०४८ को प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका तर्फबाट गुल्मी जिल्ला क्षेत्र नं २ बाट निर्वाचित भएका थिए । नेपाली काँग्रेस गुल्मीका प्रथम जिल्ला सभापति ज्ञवालीको ७५ वर्षको उमेरमा आज बिहान ललितपुरस्थित अल्का अस्पतालमा उपचारका क्रममा अल्सर रोगबाट निधन भएको थियो ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि