जेठ ०३, २०८१, बिहीबार
               

पार्टी एकताको टुंगो लागिसक्यो : कमल थापा
'पशुपतिजी र प्रकाशजीको फोनको प्रतीक्षामा छु'

नेपाल फ्ल्यास
फागुन ०६, २०७६

ADVERTISEMENT

बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राप्रपा र राप्रपा (संयुक्त) बीच पार्टी एकताको टुंगो लागिसकेको बताएका छन् ।

बुटवलमा संचारकर्मीहरूसँग कुरा गर्दै अध्यक्षा थापाले नेतृत्व ,सिद्धान्त र चुनाव चिन्हको विषयको समेत टुङ्गो लागिसकेको जनाएका हुन् । 

उनले भने- 'कुरासमेत मिलिसकेको छ । अबमात्र पशुपतिशमशेरजी र डाक्टर लोहनीजीको टेलिफोनको प्रतीक्षामा छु ।'

थापाले महाधिवेशनलाई बल पुग्ने गरी पार्टी एकता हुने स्पष्ट पारे । पार्टी एकतामा धेरै बिलम्ब भए पार्टीको महाधिवेशनलगायत संगठन सुदृढीकरण अभियान भने नरोकिने उनले स्पष्ट पारे । उनले भने- 'उहाँहरूले खबर नै गर्नु भएन भने चुप लागेर बस्ने कुरा भएन , सङ्गठन निर्माणको काम निरन्तर अघि बढ्छ ।'

केपी शर्मा ओली नेतृत्वको सरकारप्रति मिजासिलो व्यवहार गर्दैआएका अध्यक्ष थापाले यसपटक भने सरकारप्रति पनि आक्रामक अभिव्यक्ति दिएका छन् । 

केही दिनअघि प्रधानमन्त्रीले सरकार ढाल्न चलखेल भइरहेको भनी दिएको अभिव्यक्तिप्रति कटाक्ष गर्दै उनले भने- 'सरकार ढाल्न खोज्ने को हो ? जनताले थाहा पाउन जरुरी छ ।'

अध्यक्ष थापाले जनता स्थिरता र समृद्धिको पक्षमा रहेको बताए । मुलुकमा व्याप्त भ्रष्टाचार, बेथिति र ब्रम्हलुटको अन्त्य बिना मुलुकले स्थायित्व पाउन नसक्ने उनको धारणा थियो ।

राजा र राजसंस्थालाई अनावश्यक विवादमा पार्न नहुने भन्दै चुनावभन्दा माथिको साझा संस्थाको रूपमा राजसंस्थालाई राख्नु पर्ने धारणा उनले राखेका थिए ।

पत्रकार भेटमा वरिष्ठ नेता दीपक बोहरा, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, उपाध्यक्ष तोरण बहादुर गुरुङ, प्रदेश ५ का अध्यक्ष प्रदीप उदय, सहायक महामन्त्री राजाराम बर्तौलालगायतका नेताहरूको उपस्थिति थियो ।


कस्तो लाग्यो ?

यो पनि