बैशाख १७, २०८१, सोमबार
               

पूर्वराजा दिल्लीमा, राजनीतिक भेटघाट पनि हुने

नेपाल फ्ल्यास
फागुन ०४, २०७६

ADVERTISEMENT

काठमाडौँ । पूर्वराजा पूर्वराजा ज्ञानेन्द्र शाह दुई साता लामो भारत भ्रमणका लागि नयाँ दिल्ली पुगेका छन् ।

पूर्वरानी कोमलसहित पूर्वराजा शाह आइतबार साँझ भारत भ्रमणमा विस्तारा एयरलायन्सको विमानबाट दिल्ली प्रस्थान गरेका हुन् ।

पूर्वराजदम्पत्तिको भ्रमणमा उनकी बहिनी शोभा शाही र मोहनबहादुर शाही पनि साथै छन् ।

पूर्वराजा शाहको भ्रमणलाई निजी तथा धार्मिक भनिएको छ । स्रोतहरुले भनेअनुसार पूर्वराजाले भारतमा रहँदा राजनीतिक भेटघाट पनि गर्ने छन् । देशका विभिन्न स्थानको भ्रमणपछि भारतको सिक्किम पुगेर फर्के लगत्तै पूर्वराजाको भ्रमण दिल्ली भ्रमणलाई कतिपयले अर्थपूर्ण मानेका छन् । 

पूर्वराजा शाह भारतमा फागुन १८ गतेसम्म रहने छन् । 


कस्तो लाग्यो ?

यो पनि