जेठ ०१, २०८१, मंगलबार
               

पूर्वराजा किन जाँदै छन् दिल्ली ?

नेपाल फ्ल्यास
फागुन ०४, २०७६

ADVERTISEMENT

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार साँझ भारतको राजधानी नयाँ दिल्ली भ्रमणमा जाँदै छन् । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पूर्वराजा शाह दिल्ली जान लागेका हुन् ।

लुम्बिनी क्षेत्र र पूर्वी तराईमा केही साता बिताएका शाह निजी कामका लागि भन्दै भारत जान लागेका हुन् ।

शाहको सचिवालयले भ्रमणलाई निजी र पारिवारिक भनेको छ । तर स्रोतहरूका अनुसार पूर्वराजा शाहले त्यहाँ रहँदा राजनीतिक भेटघाटसमेत गर्ने भएका छन् । नेपालको वामपन्थी सरकार उत्तरी छिमेकसँग ढल्किएको भारतको बुझाइका बिच पूर्वराजको भ्रमणलाई कतिपयले अर्थपूर्ण मानेका छन् ।

शाह भारतमा फागुन १८ गतेसम्म बस्ने छन् । यसबीचमा उनी पन्जाब राज्य अमृतसरमा रहेको स्वर्ण मन्दिर (गोल्डेन टेम्पल)को दर्शन गर्नेछन् ।


कस्तो लाग्यो ?

यो पनि