मंसिर ०७, २०८१, शुक्रबार
               

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

रासस
फागुन ०४, २०७६

ADVERTISEMENT

झापा । प्रधानमन्त्री केपी शर्मा ओली झापा जिल्लामा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन गृह जिल्ला झापा आएका छन् । भद्रपुर विमानस्थलमा प्रधानमन्त्री ओलीलाई प्रदेश नं. १ का प्रमुख सोमनाथ अधिकारी, मुख्यमन्त्री शेरधन राई, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तुकुमार नेम्वाङ, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीलगायतले स्वागत गरेका थिए ।

प्रधानमन्त्री ओलीलाई स्वागत गर्न झापाका प्रतिनिधिसभा र प्रदेशसभाका सांसद् र स्थानीय तहका प्रमुख तथा उपप्रमुख सहभागी भएक छन् । प्रधानमन्त्रीसँगै पूर्वसभामुख सुवाशचन्द्र नेम्वाङ पनि सहभागी भएका छन् ।  

झापामा रहदा प्रधानमन्त्रीले दमक कृष्ण मन्दिरदेखि बेलडाँगी कालोपत्रे सडकको उद्घाटन, दमकबाट मोरङको मधुमल्ला जोड्ने मावाखोलामा बनेको पक्की पुलकोे उद्घाटन, दमक नगरपालिका–१ मा जनता आवासमार्फत निर्माण गरिएका घरको साँचो हस्तान्तरण गर्नुहुने बताए । प्रधानमन्त्री ओलीले आज अपराह्न बेलडाँगीमा आयोजित समारोहलाई सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ । 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि