जेठ ०५, २०८१, शनिबार
               

शून्य समयमा सांसदले उठाए सामाजिक मुद्दा

रासस
माघ २८, २०७६

ADVERTISEMENT

काठमाडौँ । केही दिनको अवरोधपछि सुरु भएको प्रतिनिधिसभा बैठकमा सांसदहरूले सामाजिक र जनजीविकाका मुद्दामा जोड दिएका छन् ।

कतिपय सांसदहरूले आफ्नो निर्वाचन क्षेत्रका मुद्दा उठाए भने कतिले विकास निर्माणदेखि जनताका समस्या सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए ।

मंगलबारको बैठकको शून्य समयमा सांसदहरूले यस्तो ध्यानाकर्षण गराएका हुन् ।

सांसद विमला विकले बाँके बर्दिया क्षेत्रमा बाढीपीडितका समस्या समाधान नभएकोमा आपत्ति जनाइन् ।

सांसद भूमिप्रसाद त्रिपाठीले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गमा देखिएको मुआब्जा समस्या तत्काल समाधान गरी निर्माण कार्य अघि बढाउन सरकारको ध्यानाकर्षण गराए । 

सांसद भैरवबहादुर सिंहले बझाङको एकमात्र राजमार्ग साँघुरो र कालोपत्रे पनि गुणस्तरहीन भएको भन्दै स्तरोन्नतिको माग गरे । 

सांसद मीनबहादुर विश्वकर्माले चीनको कोरोना भाइरस प्रभावित क्षेत्रमा रहेका नेपालीलाई तत्काल उद्धार गर्न माग गरेका थिए । 

सांसद यशोदा गुरुङ सुवेदीले छाउपडी गोठ भत्काएर मात्र यसको समाधान नहुने भन्दै मनमस्तिष्कबाट छाउपडी प्रथा हटाउन आग्रह गरेकी थिइन् ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि