जेठ ०५, २०८१, शनिबार
               

फेरि पनि प्रदेशसभा बैठक स्थगित

रासस
माघ २७, २०७६

ADVERTISEMENT

विराटनगर । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण प्रदेश नं. १ प्रदेशसभाको सोमबारको बैठक पनि स्थगित भएको छ । 

झन्डै २० मिनेट ढिला गरी सुरु भएको बैठकको कारबाही प्रारम्भ हुने बित्तिकै काँग्रेसका सदस्यले उठेर विरोध जनाएपछि सभाको कामकारबाही अगाडि बढ्न सकेन । ललिता निवास जग्गा प्रकरणमा प्रतिनिधिसभा काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदार विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेकोलगायत विषयमा काँग्रेसले आज तेस्रो पटक बैठक अवरुद्ध गरेको हो । 

सभामुख प्रदीपकुमार भण्डारीले सभाको कामकारबाहीलाई चलायमान र प्रभावकारी बनाउन पटक पटक आग्रह गरे पनि प्रतिपक्षी दलका सदस्यले उभिएर विरोध जनाएका थिए । सभामुख भण्डारीले प्रतिपक्षले उठाएको विषय अदालतमा गइसकेकाले प्रदेशसभाबाट निरूपण नहुने स्पष्ट पार्दै सभाको सर्वोच्चतालाई कायम राख्न प्रमुख प्रतिपक्षी दलको ध्यानाकर्षणसमेत गराएका थिए । प्रदेशसभाको अर्को बैठक यही माघ २८ गते बजे बस्नेछ । 

अवरोधका कारण उद्योग, वन तथा वातावरण मन्त्री जगदीशप्रसाद कुसियतले ‘प्रदेशको वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेका विधेयक’ प्रदेशसभा पेस गर्न पाएनन् ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि