जेठ ०५, २०८१, शनिबार
               

समानताको सिद्धान्तविपरीत राज्य जान लाग्यो : नेता पौडेल

रासस
माघ २६, २०७६

ADVERTISEMENT

चितवन । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले समानताको सिद्धान्तविपरीत राज्य जान लागेको बताएका छन् ।  पत्रकारसँग आइतबार  कुराकानी गर्दै उनले  सरकार नागरिक सबै बराबर हुन भन्ने उद्देश्यले अघि बढ्नुपर्नेमा पक्षपाती भएको टिप्पणी गरे ।  

नेता पौडेलले प्रदेश सरकारले गरेको निर्णय माथि पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबीन गर्न नपाउने गरी गलत मनसायबाट विधेयक ल्याउन लागेको बताए ।  यसले लोकतन्त्रलाई कमजोर बनाउने उनको भनाइ छ । उनले भने, ‘लोकतन्त्रको सट्टा धनतन्त्रतर्फ देशलाई लान खोजियो ।’ 

उनले  पार्टीभित्र वैचारिक द्वन्द्व भए पनि अहिले केही हदसम्म समाधान भएको बताए ।  आफू पार्टीभित्र विकृतिको अन्त्य गर्नुपर्छ भन्ने पक्षमा रहेको उनको भनाइ थियो । उनले भने, ‘पार्टीभित्र धेरै ठाउँमा विकृति विसङ्गति रहेको छ । त्यसको अन्त्य हुनुपर्छ ।’ राजनीतिलाई सम्मानको क्षेत्र बनाउनुपर्ने भन्दै उनले सुशासन, पारदर्शीता र विकृतिरहित बनाउन आवश्यक रहेको बताए । 
 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि