जेठ ०५, २०८१, शनिबार
               

संसद अवरुद्ध गर्नु लोकतन्त्रविपरीत : नारायणकाजी श्रेष्ठ

रासस
माघ २४, २०७६

ADVERTISEMENT

गोरखा : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले ललिता निवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको निर्णयविरुद्ध नेपाली काँग्रेसले संसद् नै अवरुद्ध गर्नु लोकतान्त्रिक मान्यताविपरीत रहेको बताएका छन् ।

गोरखा सदरमुकाममा शुक्रबार पत्रकारसँगको भेटघाटमा उनले अख्तियारले गर्ने निर्णयमा सरकारको कुनै हस्तक्षेप नहुने बताए । 

उनले अख्तियारको निर्णय सरकारको नरहेको बताए । भने- “सरकारले निर्देशन दिएर अख्तियार चल्दैन भन्ने कुरा काँग्रेसले बुझ्नुपर्छ ।”

उनले ललिता निवास प्रकरणमा अख्तियारले गरेको निर्णयबिना कुनै पूर्वाग्रह गरेको होला भन्नेमा आफू विश्वस्त रहेको जनाए । 

प्रवक्ता श्रेष्ठले लोकतन्त्रका निम्ति तपस्या गर्ने र लोकतन्त्रका लागि सङ्घर्ष गर्ने नेपाली काँग्रेस जस्तो पार्टीले अख्तियार संवैधानिक निकाय हो भन्ने जान्दाजान्दै नजाने जस्तो गरेको आरोप लगाएका थिए । उनले ललिता निवास प्रकरणमा अख्तियारले गरेको निर्णय उसको स्वतन्त्र भएको बताए । 

सो प्रकरणमा अख्तियारले अझै थप निष्कर्ष निकाल्नु छ भने निकालोस् भन्ने पक्षमा आफ्नो पार्टी रहेको प्रवक्ता श्रेष्ठको भनाइ थियो । प्रवक्ता श्रेष्ठले कुनै पनि संवैधानिक निकायमाथि सरकारले कुनै खालको हस्तक्षेप नगर्ने दाबी गरेका थिए ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि