जेठ ०४, २०८१, शुक्रबार
               

सागको बजेटमा मन्त्रीको रजाइँ : निःशुल्क दौरा–सुरुवाल

नेपाल फ्ल्यास
मंसिर १७, २०७६

ADVERTISEMENT

काठमाडौं : सरकारका उच्च पदस्थ व्यक्तिहरूले भ्रष्टाचार गर्ने गरेको हामी सुन्छौँ । साना विकास निर्माणका आयोजनादेखि ठूला आयोजनासम्म भ्रष्टाचार हुन्छ । तर, यसपटक भने नेपालको गौरवको रूपमा रहेको सागमा मन्त्रीहरूले नै रजाइँ गरेका छन् । शपथ लिँदासम्म दौरा–सुरुवाल नलगाउने मन्त्रीले फ्रिमा पाएको दौरा–सुरुवाल लगाएका छन् ।
मन्त्री भएर शपथ खाँदासमेत गृहमन्त्री रामबहादुर थापा बादलले दौरा–सुरुवाल लगाएनन् । चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतमा विमानस्थलमा उपस्थित हुँदा अनिवार्य रूपमा दौरा–सुरुवाल लगाउन प्रधानमन्त्रीले निर्देशन दिँदा पनि बादलले अस्वीकार गरे । तर, आइतबार रंगशालामा उनी अचानक दौरा–सुरुवालमा प्रकट भए, यो दौरा–सुरुवाल दक्षिण एसियाली खेलकुद (साग) आयोजक समितिको तर्फबाट उनले निःशुल्क पाएको नयाँ पत्रिका दैनिकमा खबर छ।

राष्ट्रपतिसामु शपथ खाँदा मात्र होइन, चिनियाँ राष्ट्रपतिको स्वागतमा प्रधानमन्त्रीको निर्देशनविपरीत सर्ट–पाइन्टमा उपस्थित गृहमन्त्री बादल पहिलोपटक दौरा–सुरुवालमा, रक्षामन्त्री ईश्वर पोखरेल र क्रिकेटर पारस खड्का । 
गृहमन्त्रीलाई मात्र होइन, उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटा, खेलकुदमन्त्री जगत विश्वकर्मालगायत ४० जना भिआइपीले सित्तैमा दौरा–सुरुवाल पाएका छन् ।
 सागका लागि विनियोजित बजेटबाट उनीहरूले छालाको कालो जुत्ता, मोजा र टोपीसम्म पाएका छन् ।तर, दुर्भाग्य १ नेपाली खेलाडीले दौरा–सुरुवालमा मार्चपास्ट गर्ने भनिएकोमा क्रिकेट खेलाडीका लागि दौरा–सुरुवाल सिलाउन नभ्याइएको भन्दै उनीहरूलाई ट्र्याक–सुटमै हिँडाइएको थियो । खेलकुदको पैसा दुरुपयोग भएको भन्दै अर्थमन्त्री डा। युवराज खतिवडाले दौरा–सुरुवाल अस्वीकार गरेका छन् ।

उनले सागको नाममा भएको खर्च विवरण हेरेर अनियमिततालाई अस्वीकार गर्न अर्थका अधिकारीहरूसँग संक्षिप्त अनौपचारिक छलफल पनि गरेका छन् ।
आयोजना र व्यवस्थापनका लागि सरकारले पौने चार अर्ब रकम विनियोजन गरेको छ । यो रकमबाट नेपालसहित दक्षिण एसियाका सात राष्ट्रका खेलाडी, प्रशिक्षक, प्राविधिक र प्रतिनिधि गरी झन्डै ६ हजार सहभागीको नेपाल बसाइ व्यवस्थापन हुनेछ । यही रकमबाट नेपाली खेलाडीको तयारी पनि गर्नुपर्नेछ । तर, आर्थिक रूपले पनि आफ्नो पोसाक आपैmँ व्यवस्था गर्न सक्ने विशिष्ट व्यक्तिहरूले खेलकुदका लागि आएको रकमबाट एक–एक जोर कपडा जोडेका छन् । 

साग प्रतियोगिता आयोजनाका लागि मन्त्रिपरिषद्ले नै प्रधानमन्त्री ओलीको अध्यक्षतामा उच्चस्तरीय निर्देशन समिति गठन गरेको थियो । यी मन्त्रीहरू समितिका सदस्य छन् । समितिमा प्रदेश नं। ३ का मुख्यमन्त्री डोरमणि पौडेल, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, मुख्यसचिव लोकदर्शन रेग्मी पनि छन् । उनीहरूका लागि पनि एक–एक जोर कपडा व्यवस्था भएको छ ।

यस्तै, आयोजक समितिका अध्यक्ष खेलकुदमन्त्री, काठमाडौं महानगरपालिकाका प्रमुख, ललितपुर महानगरपालिकाका प्रमुख, पोखरा महानगरपालिकाका प्रमुख, राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का उपाध्यक्ष, परराष्ट्र मन्त्रालयका सचिव, अर्थ मन्त्रालयका सचिव, युवा खेलकुद मन्त्रालयका सचिव, नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरी बलका महानिरीक्षक, नेपाली सेनाका रथीले पनि सागकै खर्चमा दौरा–सुरुवाल सिलाएका छन् । 

मन्त्रीलगायत विशिष्ट व्यक्तिहरूका लागि त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरको भुुइँ तलामा रहेको श्रीनाथ कलेक्सनमा दौरा–सुरुवाल सिलाइएको हो । श्रीनाथ कलेक्सनले खेलाडीसहित विशिष्टका लागि ८ सय ४० थान दौरा, सुरुवाल र कोट सिलाउने ठेक्का पाएको हो । 

राखेपले भने मन्त्रीहरूलाई दौरा–सुरुवाल दिने निर्णयको बचाउ गरेको छ । ‘हामीले साग आयोजनाका लागि गठित उच्चस्तरीय निर्देशन समितिमा रहनुभएका सबै पदाधिकारीलाई कोटसहितको पोसाक दिएका हौँ,’ १३औँ साग सचिवालयका प्रमुख कमल खनालले भने । 


कस्तो लाग्यो ?

यो पनि