जेठ ०६, २०८१, आइतबार
               

बाढीपहिरोले भएका क्षतिका विषयमा सभामुख र उर्जामन्त्रीबीच छलफल

नेपाल फ्ल्यास
साउन २२, २०७८

ADVERTISEMENT

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालबीच आज छलफल भएको छ। सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको छलफल सदनलाई प्रभावकारी बनाउने लगायतका विषयमा केन्द्रित रहेको थियो।

सभामुख सापकोटा र मन्त्री भुसालबीच मौसमजन्य विपत्तिले देशभरका नदी तटीय क्षेत्रमा भएको क्षति र नदी कटान नियन्त्रणका विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ। मौसम शुरु भए लगत्तै सिन्धुपाल्चोक, मनाङ् लगायतका जिल्लामा बाढी र पहिरोले ठूलो जनधनको क्षति भएको छ ।

सिन्धुपाल्चोक लगायतका बाढी प्रभावित जिल्लामा नदी कटान नियन्त्रणका लागि सरकारी प्राथमिकताका विषयमा पनि छलफल भएको छ । सिन्धुपाल्चोकका मेलम्ची, इन्द्रावती, ब्रम्हायणी र भोटेकोशी नदी तटीय क्षेत्रमा बसोबास गर्ने ठूलो जनसंख्या यसबर्षको अप्रत्याशित बाढी पहिरोका कारण विस्थापित भएको छ ।

सभामुख सापकोटाले संसदको चालु अधिवेशनलाई गतिशील बनाउने सम्बन्धमा यसअघि गृहमन्त्री बालकृष्ण खाण, अर्थ मन्त्री जनार्दन शर्मासँग छलफल गरिसकेका छन् । सभामुख र कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीबीच पनि यसै विषयमा नियमित छलफल हुँदै आएको छ ।


कस्तो लाग्यो ?

यो पनि