बैशाख २१, २०८१, शुक्रबार
               

शैलेजा आचार्य पत्रकारिता पुरस्कार माधव घिमिरे र तारा आचार्यलाई

नेपाल फ्ल्यास
असोज ०३, २०७७

ADVERTISEMENT

विराटनगर ।  ‘शैलजा आचार्य स्मृति पत्रकारिता पुरस्कार’ भर्चुअल रुपमा कार्यक्रम गरी वितरण गरिएको छ । कोरोना भाइरसका कारण  जुम मार्फत पुरस्कार वितरण गरेको हो ।

शनिबार नेपाल प्रेस युनियन मोरङ्गले कान्तिपुर दैनिक प्रदेश १ का ब्युरो प्रमुख पत्रकार माधव घिमिरे र न्युज २४ टेलिभिजनकी पत्रकार तारा आचार्यलाई पुरस्कार प्रदान गरिएको हो ।

प्रत्येक वर्षझैँ युनियनले ०७६ को पत्रकारिता पुरस्कार घिमिरे र महिला पत्रकारिता पुरस्कार आचार्यलाई प्रदान गरेको युनियन सभापति कुमार लुइँटेलले जानकारी दिए ।

कार्यक्रममा लुइँटेलले पुरस्कारको रकम अनलाइन सेवाबाट बैंक खातामा उपलब्ध गराउने, र प्रमाण पत्र घरमा पुगेर प्रदान गर्ने बताए ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले विगत ५ वर्षदेखि वितरण हुँदै आएको यस पुरस्कारलाई अक्षयकोष स्थापना गर्न पूर्णरुपमा सहयोग गर्ने बताए ।

कार्यक्रममा प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलले शैलेजा आचार्यको राजनीतिक लडाई, साहसबारे नयाँ पुस्तालाई जानकारी दिने गरि स्थापित पुरस्कारले निडर भई कलम चलाउन प्रेरणा दिने बताए ।

विगत पाँचवर्ष देखि युनियनले प्रत्येक वर्ष पत्रकारहरुलाई पुरस्कृत गर्दै आएको छ । यसअघि, विराटनगरका पत्रकार शेखर रेग्मी, शंकर खरेल, शंकर लुईटेल, सुशीला पाठक, रंञ्जीता पोखरेल, नरेन्द्र बस्नेत, मदनबाबु प्रसाईलगायत यस पुरस्कारबाट पुरस्कृत भइसकेका छन् ।


कस्तो लाग्यो ?

यो पनि