बैशाख २१, २०८१, शुक्रबार
               

मानवअधिकार तथा शान्ति समाजले तीन पुरस्कार थप गर्‍यो

नेपाल फ्ल्यास
असोज ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । मानवअधिकार तथा शान्ति समाजले श्रष्टा सम्मान अभियानअन्तर्गत थप तीन विधाका पुरस्कार स्थापना गरेको छ ।

सो समाजले स्व.पवित्रादेवी चौलागाईं मानवअधिकार श्रष्टा सम्मान, चन्द्रकला खनाल अहिंसा श्रष्टा सम्मान र ज्ञानप्रसाद खनाल सहिष्णुता स्रस्टा सम्मान गरी थप तीन पुरस्कार स्थापना गरेको हो ।

यसअन्तर्गत प्रत्येक वर्ष साहित्यका विधामा योगदान गरेका तीन स्रस्टालाई जनही २० हजार नगदसहित सम्मानपत्र प्रदान गरिने छ ।

उक्त पुरस्कारहरु स्थापनार्थ अक्षय कोषका लागि स्व.पवित्रादेवी चौलागाईंका छोरा मानवअधिकार तथा शान्ति समाजका सल्लाहाकार होमकान्त चौलागाईले दुई लाख र चन्द्रकला खनाल तथा ज्ञानप्रसाद खनालका छोरा/बुहारी मानवअधिकार तथा शान्ति समाजका वरिष्ठ उपसभापति गोविन्द खनाल र राधिका खनाल तथा रुपन्देही शाखा सभापति धनपति खनाल र लक्ष्मी पन्त खनालले चार लाख शान्ति समाजलाई प्रदान गरेका छन् ।

यी पुरस्कार यसै वर्षदेखि हरेक वर्ष महाकवि लक्ष्मीप्रसाद देवकोटा जन्मजयन्तीको अवसरमा प्रदान गरिने भएको छ । पुरस्कृत व्यक्तित्व छनोटका लागि शान्ति समाज केन्द्रीय कार्यसमितिका सभापति उत्तम पुडासैनीको संयोजकत्वमा सल्लाहकार होमकान्त चौलागाईं, संस्थापक महासचिव सुवास ढकाल, संस्थापक सदस्य कृष्ण कँडेल, वरिष्ठ उपसभापति गोबिन्द खनाल, उपसभापति रेनुका पौडेल र महासचिव सुशिल बस्नेत सम्मिलित छनोट समिति गठन गरिएको छ ।

यो पनि