बैशाख २४, २०८१, सोमबार
               

‘मदन पुरस्कार’को सूचीमा सात पुस्तक छनोट

नेपाल फ्ल्यास
साउन २१, २०७७

ADVERTISEMENT

काठमाडौं । मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार –२०७६’ का लागि मनोनयनमा परेका ७ वटा पुस्तकको नाम सार्वजनिक गरेको छ ।

गुठीले बुधबार एक विज्ञप्ति जारी गर्दै पुस्तकको सूची सार्वजनिक गरेको हो । ‘यस प्रयोजन निम्ति गुठीलाई २०७६ मा प्रकाशित कुल १ सय ५१ पुस्तकहरु प्राप्त भएका थिए,’ विज्ञप्तिमा भनिएको छ ।

छनोटमा परेका ७ पुस्तकमध्ये एक पुस्तकलाई वर्ष २०७६ को मदन पुरस्कार प्रदान गरिनेछ ।

मनोनयन सूचीमा परेका कृतिहरूमा विमल निभाको ‘जोकरको बन्दुक’, तीर्थ श्रेष्ठको ‘धर्सैधर्साको चक्रव्यूह’, भुवन ढुङ्गानाको ‘परित्यक्ता’, शारदा शर्माको ‘यात्रामा’, योगी धर्ममहारसको महारसनिघण्टु (१–३), ललित विष्टको ‘मोहपथ’ र चन्द्रप्रकाश बानियाँको ‘महारानी’ रहेका छन् ।

गुठीले उत्कृष्टमध्ये एक पुस्तकलाई हरेक वर्ष पुरस्कार प्रदान गर्दै आएको छ । पुरस्कारको राशी ४ लाख रूपैयाँ रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि