मंसिर ०७, २०८१, शुक्रबार
               

तालिबानले अफगानिस्तानको तीन शहर कब्जा गर्न खोजेपछि...

एजेन्सी
साउन १७, २०७८

ADVERTISEMENT

अफगानिस्तानको विद्रोही समूह तालिबानले देशका प्रमुख मानिएका तीन शहरमा घेराबन्दी गरेपछि तालिबान लडाकु र सरकारी सेनाबीच हिंसात्मक द्वन्द्व सुरु भएको छ ।

हेरात, लस्कर गह र कान्दहर शहरमा तालिबानका लडाकुहरु प्रवेश गरेका छन् र लडाकुहरुले सरकारी सेनाबाट सो क्षेत्र कब्जा गर्ने प्रयास गरिरहेको बिबिसीले उल्लेख गरेको छ ।

दुई पक्षबीच गोलाबारी जारी रहेको जनाइएको छ । सेप्टेम्बरको अन्त्यसम्म लगभग सबै विदेशी फौजले अफगानिस्तान छोड्ने घोषणा भएका कारण उनीहरूले ग्रामीण क्षेत्रमा सजिलै नियन्त्रण जमाउँदै लगेका छन् ।

तर यी तीन सहरहरूको द्वन्द्वमा सरकारी फौजको परीक्षण हुने जनाइएको छ । सेनाले तालिबानलाई रोक्न सक्छन् कि सक्दैनन् र मानवीय सङ्कट आउन सक्ने विषयलाई चासोका साथ हेरिएको छ ।

तालिबानले पाकिस्तान र इरानका महत्त्वपूर्ण सीमासहित अफगानिस्तानको आधा भूभाग नियन्त्रणमा लिएको मानिएको छ । 


कस्तो लाग्यो ?

यो पनि