बैशाख २५, २०८१, मंगलबार
               

कोभिड–१९ का कारण विदेशमा थप एक नेपालीको मृत्यु

नेपाल फ्ल्यास
कात्तिक ०९, २०७७

ADVERTISEMENT

विश्वव्यापी महामारी कोभिड–१९ का कारण गत साता विदेशमा थप एक नेपालीको मृत्यु भएको बताएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार साउदी अरबमा एक नेपालीको कोरोना संक्रमणबाट निधन भएको हो ।

एनआरएनए, स्वास्थ्य समितिका अनुसार कुल ४२ हजार ७५२ नेपालीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमध्ये ३९ हजार १७९ जना अर्थात् ९२ प्रतिशत कोरोनामुक्त भएका छन् । 

गत साता भारत, कतार र स्पेनका नेपालीमा थप कोरोना संक्रमण देखिएको छ । हालसम्म १९ देशका २८४ नेपालीको कोरोना संक्रमणबाट निधन भइसकेको जानकारी एनआरएन, कोभिड–१९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले दिए ।


कस्तो लाग्यो ?

यो पनि