जेठ ०५, २०८१, शनिबार
               

अमेरिकामा कोरोनाबाट १ लाख ५० हजारभन्दा बढीको मृत्यु

नेपाल फ्ल्यास
साउन १५, २०७७

ADVERTISEMENT

एजेन्सी । विश्वभर महामारीका रुपले फैलिएको कोरोना भाइरसबाट अमेरिकामा १ लाख ५० हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

रोयटर्समा प्रकाशित समाचारमा जनाइए अनुसार अमेरिकामा मृत्यु हुनेको संख्या १ लाख ५० हजार नाघेको अमेरिकामा पछिल्ला ११ दिनमा मात्रै कोरोनाका कारण १० हजारभन्दा बढी मानिसको मृत्यु भएको हो ।

अमेरिकामा पछिल्लो समय अर्थ व्यवस्थालाई लयमा फर्काउन भन्दै संक्रमणदर लकडाउन खोल्न आवश्यक आधारमा नपुगी खोल्न सुरु गरिएको थियो ।

वर्ल्डमिटरले सार्वजनिक गरेको पछिल्लो तथ्यांकले २४ घण्टाको अवधिमा ६६ हजार बढी संक्रमित थपिएका छन् भने १४ सय बढीको मृत्यु भएको छ ।


कस्तो लाग्यो ?

यो पनि