मंसिर ०७, २०८१, शुक्रबार
               

उत्तरी अफगानिस्तानमा विस्फोट हुँदा आठको मृत्यु २२ घाइते

रासस
चैत ०७, २०७६

ADVERTISEMENT

एजेन्सी । अफगानिस्तानको उत्तरी प्रान्त तखारमा विस्फोटक पदार्थ विस्फोटमा परी आठ व्यक्तिको मृत्यु साथै अन्य २२ जना घाइते भएका प्रान्तीय सरकारका प्रवक्ताले शुक्रबार जानकारी दिएका छन् ।

मारिएका व्यक्तिहरुमा दुई सर्वसाधारण र ६ तालिबानी लडाकू रहेका छन् । प्रान्तीय राजधानी तालुकानको बाहिरी इलाकामा स्थानीय समयाअनुसार बिहीबार साँझ ६ः३० बजे सो विस्फोट भएको प्रान्तीय सरकारका प्रवक्ता अब्दुल खालिलले जानकारी दिएका छन् ।

व्यस्त सडक इलाकालाई लक्ष्य गर्दै तालिबानी लडाकू समूहले सो विस्फोटक पदार्थ बोकेर हिडेका जनाइएको छ । उक्त विस्फोटमा परी घाइते भएका दश सर्वसाधारणमा केही बालबालिका समेत रहेका समाचारमा जनाइएको छ । 

अफगानिस्तानका तालिबान लडाकू समूहले सुरक्षाबललाई लक्ष्य गर्दै घरमा निर्माण गरिएका बमलगायत अन्य विष्फोटक पदार्थहरू विस्फोटन गराउँदै आएका छन्  ।  यस्ता आक्रमणहरुबाट बारम्बार सर्वसाधारणलाई हानी पुर्‍याउँदै आएको पाइन्छ । 

गत वर्ष भएका विस्फोटक पदार्थ विस्फोटमा परी ८ सयभन्दा बढी नागरिक मारिनुको साथै २ हजार ३ सय ३० घाइते भएका छन् ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि