बैशाख ०८, २०८१, शनिबार
               

कोभिडका कारण चिनियाँको चाङ्चुनमा फेरि लकडाउन

नेपाल फ्ल्यास
फागुन २८, २०७८

ADVERTISEMENT

कोभिड संक्रमण निरन्तर बढिरहेपछि चीनको उत्तर पूर्वी सहर चाङ्चुनमा लकडाउन घोषणा गरिएको छ । कोभिडको नयाँ भेरिअन्ट ओमिक्रोनका कारण दुई वर्षमा पहिलो पटक चीनको दैनिक कोभिड संक्रमण १० हजार नाघेको छ । ९० लाख जनसंख्या भएको चाङ्चुन जिलिन प्रान्तको राजधानीसमेत हो । चाङ्चुन प्रान्तकै महत्त्वपूर्ण औद्योगिक आधारसमेत हो ।

चाङ्चुनका बासिन्दालाई घरबाटै काम गर्न आदेश दिइएको छ । नयाँ नियमअनुसार ‘दैनिक अत्यावश्यक वस्तु’ किन्न प्रत्येक दुई दिनमा एक जनालाई मात्र बाहिर निस्कन अनुमति दिइनेछ ।

स्वास्थ्य आयोगका अनुसार कोभिड महामारी फैलिएसँगै चीनले पहिलो पटक र्‍यापिड एन्टिजेन परीक्षण सुरु गर्दै छ । पछिल्ला दिनमा चीनका विभिन्न सहरमा कोभिड संक्रमणका घटनामा वृद्धि भएको छ । हालसालै सांघाइले विद्यालयलाई अनलाइन सञ्चालन गर्न निर्देशन दिएको थियो ।


कस्तो लाग्यो ?

यो पनि