बैशाख २४, २०८१, सोमबार
               

तीन स्वास्थ्य पदाधिकारीको सरुवा तत्काल रोक्न प्रधानमन्त्रीको निर्देशन

नेपाल फ्ल्यास
साउन १९, २०७८

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले तीनजना स्वास्थ्य पदाधिकारीहरूको सरुवा तत्काल रोक्न निर्देशन दिएका छन् । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सोमबार गरेको सो निर्णय तत्काल रोक्न निर्देशन दिएका हुन् ।

सोमबार वीर अस्पतालका प्रमुख प्रशासकीय अधिकारी डा. जागेश्वर गौतम, डा. विवेकलाल कर्णलगायत तीनजना सहसचिवको सरुवा तत्काल कार्यान्वयन नगर्न प्रधानमन्त्री देउवाले निर्देशन दिएको स्वास्थ्य मन्त्रालय स्रोतले जानकारी दियो ।

११ औँ तहका कर्मचारीको सरुवा राज्यमन्त्रीस्तरबाट हुन नसक्ने भन्दै प्रधानमन्त्रीले यस्तो निर्देशन दिएको मन्त्रालय स्रोतले जनाएको छ ।

यो पनि