बैशाख ०४, २०८१, मंगलबार
               

नेपालमा थप दुई हजार ७०९ जनामा कोरोना पुष्टि

नेपाल फ्ल्यास
जेठ २८, २०७८

ADVERTISEMENT

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप दुई हजार ७०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्लामा शुक्रबार गरिएको परीक्षणका क्रममा उल्लेखित संक्रमित पहिचान भएका हुन् । पछिल्लो २४ घन्टामा ९ हजार ५९८ जनामा पीसीआर परीक्षण गरिएको थियो । 

यसैगरी, ५ हजार ५८४ एन्टिजेन परीक्षणमा १ हजार ४१ जनामा कोरोना संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन परीक्षणबाट कुल ३ हजार ७५० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा पीसीआर परीक्षणबाट कोरोना देखिनेको संख्या ६ लाख ४ हजार ३९६ पुगेको छ ।

यस्तै, २४ घण्टामा ५ हजार २२५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ५ लाख २० हजार ८१६ पुगेको छ ।

मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप ६७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ३०५ पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि