काठमाडौं । कोरोना भाइरस संक्रमणबाट प्रधानमन्त्री केपी शर्मा ओलीका पूर्व स्वकीय सचिव पुष्पबहादुर बरुवालको मृत्यु भएको छ ।
झापा कोरोबारी निवासी बरुवालको कोरोना संक्रमण भएपछि अमेरिकामा उपचार गराइरहेकोमा गएराति मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।
उनी महेन्द्र रत्न क्याम्पस ताहाचलका प्राध्यापक तथा पाथिभरा विकास समितिका अध्यक्ष समेत रहेका थिए ।
केही वर्षदेखि परिवार अमेरिका रहेका कारण गत वैशाखमा मात्रै अमेरिका गएको बताइएको छ । बरुवालका आमा, श्रीमती, दुई छोरा रहेका छन् ।